BLOGGER TEMPLATES AND TWITTER BACKGROUNDS »
Showing posts with label all. Show all posts
Showing posts with label all. Show all posts

Wednesday, November 13, 2013

गजल


चोर डाका हत्यारा लाई डर देखाई देउ
बिधान हैन सहजै बाँच्ने भर देखाई देउ

स्विजरलेन्ड,सिंगापुरका कुरा गर्छौं धेरै
पहिला जुम्ला बासीलाई मोटर देखाई देउ

जसको जात छ उसैलाइ पहिचान के बाँडछौ ?
लावारिस त्यो अनाथलाइ थर देखाई देउ

हलो जुवा कुटो बोकी ,,आकाश हेर्ने लाइ
गाउँ गाउँमा पानी बग्ने नहर देखाई देउ

गरिबलाई अधिकारका कुरा चाहिन्दैन भो ..!
रोडमा सुत्ने सुकुम्बासीको घर देखाई देउ

तब जनता खुसि हुन्छन तिम्लाई देखेर
बिधुवाको सिन्दुर् त्यो अमर देखाई देउ
...........................................




जनता बध गरेर शान्ती नखोज देश। हत्या हिँम्सा प्यारो ठानी नरोज देशमा।। स्तुपाले सजियको देश नेपालमा। गौतम बुद्ध काहाँ छन् भनी नसोध देशमा।। चार जात चत्तिस बर्ण साझा फुलबारीमा। प्रदेशको हितमा संबिधान नकोर देशमा।। प्रक्रितीको धरोहर खोला बनजङ्गलमा। बिदेशीको नक्कल नचोर देशमा।। शहिदको रगतले जयजयकार गरिरहन्छ। शालीक र ईतिहासलाई सम्मान गर्न नछोड देशमा।।
..........................................................


खाई कस्सम लाई बचन,जानेहरू धेरै छन्। यस आराम जीन्दगीमा चानेहरू धेरै छन्।। आकाशका तारा झार्रछन,मोजमस्ती गर्न पाय। झुटो बाचा मन्दिरमा, खानेहरू धेरै छन।। ईच्जतको त कुरै छैन,रमझममा रम्न पाय। क्षणिक घरबार बसाउन,आउनेहरू धेरै छन।। अंगुलमा नचाउ छन् सोजा-सिधा उस्तै भेटे। डिर्भोसको लाल पुर्जा, लानेहरू धेरै छन।। चोट पाउने कति रोला, आँखा भरि आँशु पारी। बियोगमा गीत गजल,गाउने हरू धेरै छन।।

.........................................................



खाई कस्सम लाई बचन,जानेहरू धेरै छन्।
यस आराम जीन्दगीमा चानेहरू धेरै छन्।।

आकाशका तारा झार्रछन,मोजमस्ती गर्न पाय।
झुटो बाचा मन्दिरमा, खानेहरू धेरै छन।।

ईच्जतको त कुरै छैन,रमझममा रम्न पाय।
क्षणिक घरबार बसाउन,आउनेहरू धेरै छन।।

अंगुलमा नचाउ छन् सोजा-सिधा उस्तै भेटे।
डिर्भोसको लाल पुर्जा, लानेहरू धेरै छन।।

चोट पाउने कति रोला, आँखा भरि आँशु पारी।
बियोगमा गीत गजल,गाउने हरू धेरै छन।।


..............................................................


जनता बध गरेर शान्ती नखोज देश।
हत्या हिँम्सा प्यारो ठानी नरोज देशमा।।

स्तुपाले सजियको देश नेपालमा।
गौतम बुद्ध काहाँ छन् भनी नसोध देशमा।।

चार जात चत्तिस बर्ण साझा फुलबारीमा।
प्रदेशको हितमा संबिधान नकोर देशमा।।

प्रक्रितीको धरोहर खोला बनजङ्गलमा।
बिदेशीको नक्कल नचोर देशमा।।

शहिदको रगतले जयजयकार गरिरहन्छ।
शालीक र ईतिहासलाई सम्मान गर्न नछोड देशमा।।


..............................................


उ गई उस्कालागी मारेर गइ . जीवनभरी मर्नु न बाच्नु पारेर गइ ...जान त गई पापिनी आफु मात्र गई ...........यादहरु सबै यता सारेर गई ...यात्रा हो युद्द हो संघर्स हो जीवन .....बाच्नै नसकी निस्ठुरी हारेर गई .....फुलै छरेको थिए उ हिड्ने बाटोमा ....कुन्नि के सोचेर लतारेर गई ....समय हुन्जेल जीवन हुन्जेल कुरें ..साइत आएपछि त्यसै टारेर गई ....उ गई
 ..................................................    

चट्याङ्गमा परी डढेर , अनिँदो रात मरेछ
आज विहानीलाई अचानकै , ठूलै आघात परेछ

श्रद्धाञ्जली दिन भनी , हतार – हतार विहानै
पूर्वबाट उदाएको सूर्य , क्षितिज पारी सरेछ

खप्नै नसक्ने गरीकन , बेला बेलामा पोल्दो हो
नदेखिएका ती घाउहरू मुटुभित्र – भित्र चरेछ

अहिले–छ भरे–छैन खै जिन्दगी यस्तै–यस्तै
सुसाउन नपाउँदै हेर पातहरू झैं झरेछ

जिन्दगी घामपानी न हो , अस्ताउँछ त कहिले सुस्ताउँछ
था छैन नसोध मलाई , उसलाई कसरी हरेछ ।


......................................................





तिमीलाई चिठी लेख्दा व्यथाहरू
पोख्दा पोख्दै आँसु पनि पठाउन मन लाग्छ
आँशुहरू बाटोमा अन्त कतै सुक्छ की भनी
आँखाहरू पनि सँगै गाँसी पठाउन मन लाग्छ


.....................................


आँखा तारेर किन हेर्छ्यौ बैगुनी त हैन नि हो
मन ले आँटे सबै कुरा नहुनी त छैन नि हो

कहिले काही दिक्क लाग्छ एउटै रंग हेरिरहदा
दागै लाग्ला भनी डराई नछुनी त हैन नि हो

कती कठोर हिर्दय भनौली तिम्रो जस्तै मुटु मेरो
आँखा भित्रै आँशु छेकी नरुनी त हैन नि हो

भाग्य आखिर आफ्नो आफ्नो सहनु त परिहाल्यो
तिम्ले जस्तो मनको कालो नधुनी त हैन नि हो



.................................................


सार्है मिठो लाग्छ !!!
बिराला लाई मुसा
भैँसी लाई भुस्सा
भगवान लाई धुप
सुत्केरी लाई सुप
पुरेत लाई सिदा
... कर्मचारी लाई बिदा
नेता लाई घुस
कुकुर लाई भुक्न
विद्यार्थी लाई सुत्न
मन्त्री लाई कुर्सी
खेलाडी लाई जर्सी
पुलिस लाई बर्दी
सार्है मिठो लाग्छ ।
हजुर , सार्है मिठो लाग्छ ।


............................................


बिचरीलाई उस्को आफ्नै साउले कुटेछ
जड्याँ थ्यो उसलाई आफ्नै बाउले कुटेछ

अभबको जीन्दगी थ्यो गुजार गर्दै जाँदा
महँगीले उसलाई आफ्नै पाउले कुटेछ

बरालीदै बहुलाएर शहर छिरेकी थी उ
भन्दै थी उसलाई आफ्नै नाउले कुटेछ

एक्लो पारी बोक्सी भन्दै दु:ख दियो रे
बिबस भैछ उसलाई आफ्नै गाँउले कुटेछ

आफ्नै देह त्यागीछ हिजैको रात उसले
सहिन छे उसलाई आफ्नै ठाँउले कुटेछ



............................................

तिमी बिना बाँच्दिन भन्नु हुन्न कहिल्यै ।बिछोडका दिनहरु गन्नु हुन्न कहिल्यै ॥झुटा हुन्छन् माया का ति बाचा बन्धन हरू ।पागल प्रेमी माया मा बन्नु हुन्न कहिल्यै ॥ुुु
..............................................

अतितहरू बलझिएर फेरि मुटु रेट्ने डरले, निदाउनै छोडे अचेल सपनिमा भेट्ने डरले, सकने भए सपना आउने बाटो सबै थुन्ने थिएँ, तिम्ले जस्तै मैले पनी नयाँ संसार चुन्ने थिएँ आशु लुकाई हाँसेको छु हल्लाहरू चल्ने डरले, तिम्रो तस्वीर हेर्नै छोडें कलेजी यो जल्ने डरले, आउँछौ किन कल्पनामा नआउ भूल्न गार्हो हुन्छ, ऋतू सँगै पात फेरि यो मन फुल्न गार्हो हुन्छ, हिडेको छु चुप लागि, आफ्नै बदनाम हुने डरले, मेरो पिडा सुन्यो भने न्याउली संगै रूने डरले,


.....................................................................



बिबाहको खबर तिम्रो मेरो लागि काल भयो जिन्दगि मा आज एउटा धेरै ठुलो छल भयो, मेरो लासको मलामी र तिम्रो जन्ती भेट हुदा, चिता माथि जल्दै हुन्छु खुसि माग्दै तिमि रुदा मा जलेको गन्द आउदा, सुहागामा देला परुन हावा संगै खर हुदा तिम्रो सिरमा सिन्दुर परुन कस्तो लग्यो हिमाल झैँ अटल माया धलौदा आगो ताप्दै बस्नु तिमि चिता मेरो जलौदा 

...................................................


तिम्रो आँखा ले यसरी पिएँ मैले
न कैले होसको ओखति गरेँ मैले
तिम्रो रुष्ट्ताले मर्न सिकायो
तिम्रै धोकाले जिउन सिकायो
तिमीले छाडेपछि यस्ता बाटा हरु आय
जसले 'अम्बिका' लाई जिउनको लागि पिउन सिकायो..........


...............................................

आफ्नै जिबनसाथी छाडि अन्त आँखा लाउछोउ किन ।
आगनिको पानी छाडि पधेरिमा धाउछोउ किन ।।

एक नजरमै चिन्नेले नाली बेली सबै चिन्छन ।
म धेरै जान्ने भनी बन्द मुख बाउछोउ किन ।।

रमाइलोमा बाच्नु पर्छ दुई दिने जिन्दगीमा ।
न्याहुलिको भाकासँगै बिरही गीत गाउछोउ किन ।।

आफ्नो नाम मा सुकुम्बासी लाहा चाप लगएर ।
अर्काको घर कटेरो हात दु:खाइ छाउछोउ किन ।।

सफलताको सिखरहरु छुय भन्छन सबै साथी ।
ए दिपेन तिमी मात्र असफलता पाउछोउ किन ।। ?
?????


...............................................


Maya maile nagareko hoen timelai badetanai yatovaya paxi,
 kgarnu jindagile satha nadiyapaxi, maya mero sada sada timelai nai hunexa satha tadarahepani,
 badetale aruko agaloma rahepani atitalai vulan sakadin ma atitakapal gada vayapaxi vayapaxi.        

. ...................................

जून रुदै आशु पुर्णिमा मै नझार भन्दै थियो
चिहान बाट पुर्वज् ले बस्ती नसार भन्दै थियो
तयारी म गर्दै थिए आफ्नै जात को राज्य सर्न
जन्मेको यो पखेराले माया नमार भन्दै थियो 

...........................................